Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’ – Lekhanpeeth

‘ममाथि लगाइएको आरोपको निष्पक्ष छानबिन होस्’

174
0
Share:

काठमान्डौ/नेपाली कांग्रेसका सांसद धनराज गुरुङले सहकारी ठगीको विषयलाई लिएर आफूमाथि लगाइएको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सहकारी ठगीमा आफूमाथि गम्भीर आरोप लगाइएको भन्दै आरोपका छानबिन गर्न गृहमन्त्रालय र सम्बन्धित निकायलाई अनुरोध गरे।

 

सहकारी ठगीको अन्तिम प्रतिवेदन सदनमा प्रस्तुत हुन लागेका बेला आफूमाथि लागेको आरोपप्रति आपत्ति जनाउँदै उनले शीघ्र छानबिन गरेर टुङ्ग्याइनुपर्ने बताए । साथै उनले छानबिनमा सघाउने बताए।

Share: