Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक – Lekhanpeeth

बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

211
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता संकलन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिने अवधिका लागि ४० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो ।

 

अपरान्ह ३ बजे अनलाइन विडिङमार्फत निक्षेप संकलनको बोलकबोल हुने सूचनामा उल्लेख छ । राष्ट्र बैंकले उक्त निक्षेपपत्रको बुधबार नै बिक्री गरिने बताएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

 

निक्षेप संकलन उपकरणको आगामी असोज १६ गते साँवा तथा ब्याज भुक्तानी गरिने छ। राष्ट्र बैंकले भदौ लागेयता यो पाँचौ पटक निक्षेप संकलन उपकरण मार्फत् तरलता प्रशोचन गर्न लागेको हो ।उक्त उपकरण राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिनेछ ।

 

यसअघि भदौ २ गते १ खर्ब, १२ गते ४० अर्ब, १९ गते ४० अर्ब, भदौ २३ गते १ खर्ब रुपैयाँ प्रशोचन गरिएको थियो ।

Share: