नेप्से २२.७३ अंकले घट्यो, ६ अर्ब ८५ करोड ११ लाखको कारोबार

76
0
Share:

काठमान्डौ/साताको चौथो कारोबार दिन मंगलबार पनि नेप्से परिसूचक घटेको छ ।

 

आज २२.७३ अंकले घटेर शेयर बजार २६१०.२१ बिन्दुमा बन्द भएको छ । अघिल्लो बुधबारदेखि घटिरहेको नेप्से निरन्तर ओरालो लाग्ने क्रममा छ । निरन्तर घटिरहेको शेयर बजार पछिल्ला ६ दिनमा मात्रै करिब २२० अर्थात् २१९.९७ अंकले घटेको छ ।

 

गत साताको बुधबार ९०.७३ र बिहीबार १२.१० अंकले घटेको पुँजीबजार यो साताका चारवटै कारोबार दिन घटेको छ । नेप्से आइतबार २५.४६ अंक, सोमबार ५५.८६ अंक र मंगलबार १३.०९ अंकले घटेको थियो ।

 

नेप्सेसँगै कारोबार रकम पनि निरन्तर घट्दो क्रममा रहेको छ । आज ६ अर्ब ८५ करोड रुपैयाँ बराबरको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता शेयर खरिदबिक्री भएको छ ।

Share: