Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अझै सम्पन्न भएन रुद्रायणी देवी मन्दिर पुनः निर्माण – Lekhanpeeth

अझै सम्पन्न भएन रुद्रायणी देवी मन्दिर पुनः निर्माण

166
0
Share:

काठमान्डौ/ललितपुर महानगरपालिका–२१ खोकना स्थित ऐतिहासिक रुद्रायणी देवीको मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन ।

 

विसं २०७२ गोर्खा भूकम्पले क्षति पु-याएको ऐतिहासिक मन्दिर पुनः निर्माण थालिएको चार वर्षपुरा भएको छ । पछिल्लो समय पुननिर्माणका लागि बजेट अभाव भएको जनाइएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानीय रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले कामको जिम्मा लिएकोे थियो । मन्दिर पुनःनिर्माणको लागि ललितपुर महानगरपालिकाले हरेक वर्ष बजेट छुट्याउने भएकाले बजेट अनुसारको काम भएको रुद्रायणदेवी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष बेखनर महर्जनले जानकारी दिए।

 

रुद्रायणीदेवी मन्दिरको पुनःनिर्माण्को काम ढिला भएको रुद्रायणीदेवी गुठीका अध्यक्ष उदयकुमार डङ्गोले बताए। उनले भने,“बजेट अभावको कारण मन्दिर पुनःनिर्माण ढिला भएको छ । महानगरको वार्षिक बजेट अनुसार काम भएको छ । हालसम्म करिब रु चार करोड भन्दाबढी खर्च भइसक्यो मन्दिर पुनः निर्माणको काम अझै दुई वर्षपछि सकिन्छ होला ।”

 

हाल मन्दिर पुनःनिर्माणको काम भइरहेकोले देवतालाई अस्थायी मन्दिरमा राखेको रुद्रायणी गुठीका सदस्य हेराबहादुर डङ्गोलले बताए। समयमै मन्दिर पुनः निर्माणको काम सकिए रुद्रायायणीदेवी जात्रा र पूजाआजको लागि सहज हुने उनको भनाइ छ ।

 

करिब रु आठ करोडमा पुनःनिर्माणको जिम्मा लिएको रुद्रायणीदेवी मन्दिर पुनःनिर्माण उभयोक्ता समितिले करिब १० करोड भन्दाबढी खर्च हुन सक्ने बताइएको छ । हरेक वर्षको घटस्थापनादेखि रुद्रायणीदेवी मन्दिरमा पूजाआजा सुरु हुन्छ ।

Share: