
काठमान्डौ/नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अघि क्यानडामा एक अभ्यास खेल खेल्ने भएको छ । नेपाली क्रिकेट टोलीले क्यानडा डेभलपमेन्ट टोलीसँग पक्का भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
उक्त खेल शनिबार राती ७ : ४५ मा प्रतिस्पर्धा गर्नेछ । क्यानडा टोलीमा नपरेका अन्य उत्कृष्ट खेलाडीहरुले उक्त खेल खेल्ने बुझिएको छ ।
नेपाली टोली मंगलबार राती क्यानडा गएको थियो । लिग–२ मा नेपाल, क्यानडा र ओमानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले पहिलो खेल लिग–२ मा क्यानडासँग १६ सेप्टेम्बरमा खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।