Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दै प्रधानमन्त्री ओली – Lekhanpeeth

साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा छलफल गर्दै प्रधानमन्त्री ओली

Share:

काठमान्डौ/प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त गरेका छन् ।

 

साना डिजिटल कारोबारमा लाग्ने अतिरिक्त शुल्कबारे चिन्ता व्यक्त गर्दै उनले यस विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्दै गरेको बताएका छन् । पछिल्लो समयमा आफ्नो फेसबुक इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्नेबारे छलफल गर्दै गरेको जानकारी गराएका हुन् ।

 

‘हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरूबाट सुझावहरू आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौँ । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौँ ।

 

जाजरकोटका अबिन बिके लेख्नुहुन्छ ‘अहिले म दैनिक रूपमा सय/पचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रूपमा ६०/७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला !’ प्रधानमन्त्री ओलीले आइतबार फेसबुकमा लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईँहरूका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैँ झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’

Share: