Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग – Lekhanpeeth

१० निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग

158
0
Share:

काठमान्डौ/​सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १० निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

 

कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

 

तोकिएको समयभित्र लिखित स्पष्टीकरण नआएमा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने अनुगमन कार्यालयले जानकारी दिएको छ ।

Share: