
काठमान्डौ/सानिमा रिलायन्स लाइफ बोनस शेयर घोषणा गरेको छ। इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस सेयर घोषणा गरेको हो । इन्स्योरेन्सले सेयरधनीलाई हाल कायम चुक्तापुँजीको १८.३८११ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९\०८० को सञ्चित मुनाफाबाट उक्त बोनस दिने घोषणा गरेको हो । यो प्रस्ताव नेपाल बिमा प्राधिकरण र आगामी कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् ।