
काठमाडौं/मंगलबार छापावाला सुनको भाउ रेकर्ड बिन्दुबाट घटेको छ । सोमबार प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ५७७ दशमलव ११ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० दशमलव ७४ डलरमा कारोबार भइरहेको छ ।