सुनको मूल्य तीन सय रुपैयाँले घट्यो

92
0
Share:

काठमान्डौ/बुधबार छापावाला सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । मंगलबार ६०० रुपैयाँले घटेको सुनको भाउ बुधबार ३०० रुपैयाँले घटेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

 

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

 

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ५७२ दशमलव ७ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० दशमलव ४८ डलरमा कारोबार भइरहेको छ ।

Share: