Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वर्तमान संविधान अहिलेसम्म कै असल संविधान : गृहमन्त्री लेखक – Lekhanpeeth

वर्तमान संविधान अहिलेसम्म कै असल संविधान : गृहमन्त्री लेखक

178
0
Share:

काठमान्डौ/गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्म कै असल संविधान भएको बताएका छन् । बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका हुन् ।

 

उनले भने, ‘यो संविधान अहिलेको अवस्थामा असल मध्येको असल संविधान हो, हामीले एउटा असल संविधान बनायौँ, यो संविधानमा केही कमीकमजोरी छैन भनेर भन्न सकिँदैन तर सबै कुरा ठिक छ भनेर पनि भन्न सकिन्न, किन भने सम्पूर्ण केही पनि हुँदैन, सर्वगुण सम्पन्न केही पनि हुँदैन, जीव होस् या अमृत चिज होस् सम्पूर्ण गुण सम्पन्न हुँदैन तर यो संविधान असल मध्येको संविधान हो । हाम्रो नेपालको लामो संवैधानिक र राजनीतिक यात्राको अनुभवबाट यो संविधानको उत्पत्ति भएको हो ।’

 

साथै, उनले नेपालको संविधानले समावेशी चरित्रको राज्य निर्माण गर्ने आयाम सिर्जना गरेको बताए । उनले यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको एउटा नयाँ आयाम सिर्जना गरेको बताए ।

Share: