Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ – Lekhanpeeth

एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ

183
0
Share:

काठमान्डौ/हेटौँडा उपमहानगरपालिकाबाट भन्सार छली ल्याएको एक करोड बढी मूल्यको अवैध लत्ताकपडा सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

 

मकवानपुर प्रहरीले बुधवार १५ नम्बर वडाको रातोमाटेबाट अवैध कपडा नियन्त्रणमा लिएको थियो । रातोमाटे भारतीय सीमावर्ती बजार रक्सौलसँग जोडिएको बीरगञ्जबाट हेटौँडा प्रवेश गर्ने प्रमुख नाका हो । पूर्व-पश्चिम राजमार्ग हुँदै सुनसरीबाट हेटौँडादेखि काठमाडौँसम्म लैजान खोजिएको अवैध लत्ताकपडा बरामद गरी दुई जनालाई नियन्त्रणमा लिइएको मकवानपुर प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार डब्लूबी ४९ एन २१७८ नम्बरको भारतीय ट्रकमा ल्याइएको कपडा एक करोड ३५ लाख रुपैयाँ मूल्य बराबरको रहेको छ। प्रहरीले ट्रक चालक भारतको बिहार प्रदेशको मोतिहारी जिल्ला पूर्वी चम्पारण सपही बस्ने ३० वर्षीय जन्दार आलम र सहचालक बिहार, पूर्वी चम्पारण चौलाहा कलोनी बस्ने १९ वर्षीय मुना मियालाई पक्राउ गरेको हो ।

 

ट्रकभित्र प्रहरीले झुक्याउन आलुको बोरा राखिएको थियो । ट्रकमा ३ सय ४५ बोरा आलुको भन्सार बिल बनाएर प्रतिबोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखिएको छ ।

Share: