ग्रिस उडे प्रहरी आईजीपी कुँवर

121
0
Share:

काठमान्डौ/नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ग्रिस प्रस्थान गरेका छन् ।

 

एथेन्समा आयोजना हुने ३८औँ अन्तर्राष्ट्रिय लागुऔषधसम्बन्धी कार्यक्रममा सहभागी हुन सोमबार प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादर कार्कीका अनुसार आईजीपी कुँवर ८ देखि १० असोजसम्म चल्ने सम्मेलनमा सहभागी हुनेछन् ।

 

सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्य पनि सहभागी हुने उनले बताए । प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकलगायत प्रहरी वरिष्ठ अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

 

प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

Share: