Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत उत्तीर्ण – Lekhanpeeth

एसइई पूरक परीक्षामा ५६.७८ प्रतिशत उत्तीर्ण

196
0
Share:

काठमान्डौ/राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)पूरक(ग्रेड वृद्धि)को नतिजा सोमबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागीमध्ये ५६.७८ प्रतिशत अर्थात् १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन्। २ लाख १० हजार तीन सय २१ जनाले परीक्षा दिएका थिए ।

 

२०८० मा सञ्चालित एसइई कक्षा १० को पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो। यो परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो। परीक्षा नियन्त्रक कार्यालयका अनुसार नन ग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना छन्।

 

कार्यालयले ८ जनाको उत्तर पुस्तिका रद्द गरेको छ। ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन्। जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४ सय ६ जन छन्। जीपीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६ सय २३ जना छन्। त्यस्तै जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५ सय १८ जना छन्।

 

लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह्र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णाङ्कका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णाङ्कमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ।

 

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ। २०८० मा सञ्चालित एसइईको नियमित परीक्षामा पनि ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन्। एसइईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। त्यो परीक्षामा अनुत्तीर्णले पूरक परीक्षा दिएका हुन्।

Share: