Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कार्यवाहक प्रधानमन्त्री र शहरी विकासका सचिवबिच कार्यसम्पादन सम्झौता – Lekhanpeeth

कार्यवाहक प्रधानमन्त्री र शहरी विकासका सचिवबिच कार्यसम्पादन सम्झौता

213
0
Share:

काठमान्डौ/कार्यवाहक प्रधानमन्त्री समेत रहेका उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् ।

 

 

कार्यवाहक प्रधानमन्त्री सिंहले मङ्गलबार मन्त्रालयमै कार्यसम्पादन करार सम्झौता गरेका हुन । भदौ २७ गते उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन करार सम्झौता गरेका थिए। सो सम्झौतालाई आधार मानेर मन्त्रालयभित्रबाट गर्नुपर्ने काम प्रभावकारी बनाउनका लागि मन्त्री र सचिवबिच सम्झौता भएको हो ।

 

‘‘सम्मानित प्रधानमन्त्रीज्यूसँग मैले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कार्यसम्पादन सम्झौतमा हस्ताक्षर गरेको थिएँ । ती प्रतिवद्धताअनुसार कार्यसम्पादनमा बाधा अड्चन नआउने गरि, आयोजनाहरु समयमा सम्पन्न हुने गरि कार्यसम्पादन सम्झौता अक्षरश पालना हुने विश्वास लिएको छु,’’ कार्यसम्पादन सम्झौतापछि सिंहले भने।

 

उनले मन्त्रालयको कामलाई जनताले अनुभूतिगर्ने गरी अगाडि बढाउन पनि सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

सचिव गेलालले मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने व्यवस्थित र योजनावद्ध शहरी विकास, सुरक्षित र किफायती आवास, सुलभ र प्रकोप प्रतिरोधी भवन, स्थानीय पूर्वाधारको क्षेत्रमा सञ्चालित आयोजना र कार्यक्रम तथा सेवा प्रवाहमा सुधार, तोकिएको समयावधिमा आयोजना सम्पन्न गर्ने, विकास निर्माण र सुशासनमा जनताले प्रत्यक्ष अनुभूती गर्ने गरी उपलब्धि हासिल गर्नेतर्फ विशेष ध्यान दिई स्वच्छ र सफा वातावरणसहितको योजनावद्ध शहरीकरणद्वारा राष्ट्रको विकास गर्ने गरी कार्यसम्पादन सम्झौता गरेका छन्।

Share: