Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गोली हानी श्रीमतीको हत्या – Lekhanpeeth

गोली हानी श्रीमतीको हत्या

Share:

काठमान्डौ/सर्लाहीको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गए राति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

बुधबार राति (बिहीबार बिहान) १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षीया चित्रलेखा यादवको आफ्नै श्रीमान्‌ले गोली हानी हत्या गरेका छन् । उनीहरूबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

वैदेशिक रोजगारीमा रहेका श्रीमान्‌ले गए राति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षीया रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् ।

Share: