धरौटीमा छुटे रास्वपाका पूर्व सांसद

78
0
Share:

काठमान्डौ/राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन् । लागु औषध बिक्री वितरण तथा ओसारपसारको आरोपमा पक्राउ परेका श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका हुन् ।कास्की जिल्ला अदालतले बुधवार उनलाई छाड्न आदेश दिएको थियो ।

 

श्रेष्ठले सञ्चालन गरेको औषधि पसलबाट चिकित्सकको प्रेसक्रिप्सनबिना मनोद्विपक पदार्थ बिक्री गरेको आरोप लागेको थियो । श्रेष्ठलाई कास्की प्रहरीले गत भदौ २७ गते पक्राउ गरेको थियो ।

Share: