Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित – Lekhanpeeth

फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित

188
0
Share:

काठमान्डौ/अभिनेता नाजिर हुसेनको शिर्ष भूमिका रहेको फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित भएको छ । नाजिरको ट्रान्सवुमनको भूमिका रहेको यस फिल्म आगामी कात्तिक ९ गतेको प्रदर्शन मिति स्थगित भएको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् । उनले नयाँ प्रदर्शन मिति पछि घोषणा गरिने बताएकी छन् ।

 

उनले भनेकी छन्-हाम्रो चलचित्र गुन्यो चोलो (दि ड्रेस) जुन,कार्तिकको ९ गते रिलिज हुने भनी घोषणा गरिएको थियो केही विशेष तयारी गर्ने योजना भएको कारणले केहि समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौं संगै एउटा ठुलो खुसीको खबरका साथ नयाँ रिलिज डेट संगै हामी फेरि पनि आउने छौँ । हामीलाई तपाईंहरूले दिनु भएको माया र साथप्रति निकै नै आभारी छौँ । त्यसको लागि तपाईंहरुलाई धेरै धेरै धन्यवाद । हामी अझै केही विशेष र भब्य लिएर आउने बाचा गर्दछौं ।

 

यस फिल्ममा नाजिरसहित सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ । फिल्ममा निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको छ ।

 

यो फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन् । फिल्मका छायाँकार भने अलोक शुक्ला हुन् ।

Share: