
काठमान्डौ/फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम टुंगाे लागेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार पूर्वरक्षामन्त्री शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने छन् ।
जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)ले शुक्रबार नयाँ प्रधानमन्त्रीका रूपमा अघि सार्न इसिबालाई निर्वाचित गरेको हो ।
रोयटर्सका अनुसार अब इसिबा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ, किनभने संसदको तल्लो सदनमा पार्टीको पूर्ण बहुमत छ ।जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ ।
इशिबाले पहिलो र दोस्रो चरणको मतदानमा आर्थिक सुरक्षामन्त्री साने ताकाइचीलाई हराएका हुन् ।