Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सहकारी ठगी प्रकरण : पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति – Lekhanpeeth

सहकारी ठगी प्रकरण : पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमै राख्न अनुमति

213
0
Share:

काठमान्डौ/सहकारी ठगी प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्वडिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

 

प्रहरीले सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि जोशीलाई ६ असोजमा काठमाडौं शंखमुलमा पक्राउ गरेका थिए । ७ गते अदालतमा उपस्थित गराइएका उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको थियो ।

 

जोशीसँग लिइएको बयानमा गितेन्द्रबाबु (जीबी) राईको नेतृत्वमा पोखरामा खुलेको सूर्दर्शन सहकारीमा आफ्नो खाता, हस्ताक्षर नभएको र आफूले त्यो सहकारी देख्दा पनि नदेखेको बयान दिएका छन् । तर, जोशीले गोर्खा मिडियामा आफू गलत मान्छेको फन्दामा परेको वयान दिएका छन् ।

Share: