सोमबार कति छ सुनचाँदीको मूल्य

99
0
Share:

काठमान्डौ/घरेलु बजारमा सोमबार पहेंलो धातु सुनको मूल्य घटेको छ । लगातार बढेको सुनको मूल्य साताको दोस्रो कारोबार दिन सोमबार पनि ओरालो लागेको हो । यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार ६०० रुपैयाँ थियो । त्यसैगरी, यो दिन चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

यसैगरी, यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार ६०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ६६३ रुपैयाँ कायम भएको छ ।

 

Share: