
काठमान्डौ/साताको तेस्रो कारोबार दिन मंगलबार आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १०० रुपैयाँले घटेको सुनको मूल्य यो दिन तोलामा ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको मूल्य १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार छापावाला सुनको मूल्य १ लाख ६० हजार ५०० रुपैयाँ कायम थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, महासंघका अनुसार यो दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ३७ हजार १७५ रुपैयाँ छ भने १० ग्राम चाँदीको मूल्य १ हजार ६५०.५० रुपैयाँ छ ।
यो दिन अन्तरराष्ट्रिय बजारमा भने ०.१६ प्रतिशतले सुनको मूल्य बढेको छ ।अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस २ हजार ६३९ डलरमा कारोबार भइरहेको छ ।