Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाढीपहिरो राहत कोषमा अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने – Lekhanpeeth

बाढीपहिरो राहत कोषमा अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने

155
0
Share:

काठमान्डौ/बाढीपहिरो पीडितलाई उद्धार तथा राहतका लागि अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरो राहत कोषमा अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

 

‘विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २२ बमोजिम विपद व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयले एक अर्ब उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने।

 

गत बिहीबारदेखि शनिबारसम्म परेको वर्षाका कारण जनधनको क्षति भएको थियो। मंगलबार बिहानसम्म २१९ जनाको मृत्यु भइसकेको छ। सरकारले बाढीपहिरो पीडितलाई उद्धार तथा राहतको कामलाई तीव्रता दिने पनि निर्णय गरेको छ।

 

Share: