Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाढीपहिरो पीडितका लागि एमालेले ५० लाख जम्मा गर्ने – Lekhanpeeth

बाढीपहिरो पीडितका लागि एमालेले ५० लाख जम्मा गर्ने

237
0
Share:

काठमान्डौ/नेकपा एमालेले बाढी तथा पहिरो पीडितहरुलाई राहत दिन सरकारी कोषमा ५० लाख जम्मा गर्ने भएको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेका पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए।

 

‘राज्यको तर्फबाट एक अरब छुट्याउने काम गरिसकेको छ। त्यसमा पनि पार्टी कोषबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने। यसैगरी उनले विपत्तिमा परेकाहरुको राहत र उद्धारमा पार्टी पँक्तिलाई खटाईएको र त्यसलाई निरन्तरता दिने पनि निर्णय भएको बताए।

 

त्यस्तै, प्रतिनिधिसभा सदस्यहरुबाट पनि कोषमा सहयोग गर्नका लागि आग्रह गर्ने निर्णय भएको उनले जानकारी दिए।

Share: