Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विकल पौडेल र उनकी श्रीमतीविरुद्ध विदेशी विनिमय अपचलन मुद्दा – Lekhanpeeth

विकल पौडेल र उनकी श्रीमतीविरुद्ध विदेशी विनिमय अपचलन मुद्दा

173
0
Share:

काठमान्डौ/सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र उनकी पत्नी एलिना बस्नेतमाथि विदेशी विनिमय अपचलन कसुरको अभियोग लगाइएको छ।

 

राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन कसुरको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । अभियोगपत्रमा पौडेलले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई विदेशी बैंकमा खाता खोलेर रकम जम्मा गरेको कसुरमा सजायको माग दाबी छ।

 

पौडेलले उक्त रकम श्रीमती एलिना लगायतको नाममा विदेशी बैंकमा जम्मा गर्ने गरेको दाबी विभागको छ। छानविनबाट पौडेलले कारोबार गरेको विदेशी मुद्रासमेतको जम्मा हुन आउने नेपाली रुपैयाँ ६१ करोड १३ लाख २१ हजार एक सय ५३ रुपैयाँ २० पैसा अपचलन गरेको पुष्टि भएको दाबी विभागको छ।

 

उक्त रकम बिगो कायम कानुन वमोजिम तीन गुणाले गणना हुने बिगो एक अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४५९ जरिवानासहित पौडेललाई सजायको मागदाबी गरिएको छ। पौडेलसँगै उनकी श्रीमती बस्नेत समेत अवैध विदेशी मुद्राको कारोबारमा संलग्न देखिएको अभियोगपत्रमा उल्लेख छ।

 

पौडेल पत्नी बस्नेतलाई मुद्दामा फरार कायम गरिएको छ। विदेशी विनिमय अपचलन कसुर अन्तर्गत एक करोड ५२ लाख ७० हजार सात सय ४० रुपैयाँ बिगो कायम गर्दै विभागले त्यसको तीन गुणा जरिवाना र सजाय मागदाबी अदालत समक्ष लिएको छ। विगोको अनुपातमा चार गुणा भाग लगाउँदा ४ करोड ५८ लाख १२ हजार दुई सय २० रुपैयाँ जरिबाना हुन आउँछ।

 

कानुन विपरित नेपाल राष्ट्र बैंकले तोकिदिएको व्यवस्था विपरीत नेपाल बाहिर रहेको बैंकमा खाता खोली अवैध रुपमा रकम जम्मा गरेको दाबी विभागको छ। विदेशमा रहेका बैंक खातामा विभिन्न व्यक्तिबाट रकम जम्मा भएको देखिएको दाबी विभागको छ।

Share: