Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मिस टिन नेपालमा २० जनाले भाग लिने – Lekhanpeeth

मिस टिन नेपालमा २० जनाले भाग लिने

203
0
Share:

काठमान्डौ/काठमाडौं जेसिजले आयोजना गर्ने ‘मिस टिन नेपाल २०२४’ मा २० प्रतियोगीले सहभागिता जनाउने भएका छन् । आयोजक काठमाडौं जेसिजले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै १९औँ संस्करणको यो प्रतियोगिताका निम्ति तीन चरणको अडिसनबाट २० प्रतियोगी छनोट भएका जानकारी गराएको हो ।

 

मिस टिनमा सहभागी हुन योग्य १६ देखि १९ वर्ष उमेरसम्मका किशोरीलाई छनोट गरिएको काठमाडौं जेसिजकी अध्यक्ष एञ्जिला खड्काले बताइन् । प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ ।

 

विजेताले मिस नेपालको प्रतियोगितामा स्वतः सहभागिता जनाउन पाउने खड्काले जानकारी दिइन् ।

Share: