Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रात्रिकालीन उडान हुने विमानस्थल राति १२ बजेसम्म सञ्चालन हुने – Lekhanpeeth

रात्रिकालीन उडान हुने विमानस्थल राति १२ बजेसम्म सञ्चालन हुने

221
0
Share:

काठमान्डौ/बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा अहिले हवाइ यातायातमा यात्रुको चाप बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।

 

प्राधिकरणले भनेको छ,‘देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७ः३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रिभुवन विमानस्थल, गौतमबुद्ध, पोखरा लगायत रात्रिकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु विहान ४ः३० बजेदेखि राती १२ः०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) संचालनमा आउने व्यवस्था मिलाइएको छ।’

 

Share: