घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मन्त्री पौडेल वीर अस्पतालमा

75
0
Share:

काठमान्डौ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बाढी तथा पहिरो लगायतका विपद्मा घाइते भई उपचाररत रहेकाहरुको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बिहीबार वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर स्वास्थ्यमन्त्री पौडेलले उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

 

अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अहिले ट्रमा सेन्टरमा ९ जना घाइतेहरु उपचाररत रहेको मा सवैको अवस्था साधारण नै रहेको बताए ।

 

अझै पनि उपचार आवश्यक रहेका नागरिकहरु छुटेमा उपचारका लागि अस्पताल आउन आग्रह गर्दे उनले घाइतेहरुको उपचार कसरी व्यस्थित गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालय लागि परेको बताए ।

 

Share: