Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पूर्व राजा ज्ञानेन्द्र शाह भुटान पुगे – Lekhanpeeth

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान पुगे

195
0
Share:

काठमान्डौ/पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित बिहीबार भुटानको थिम्पु गएका छन् ।

 

शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरू शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाहको भुटान भ्रमण निजी रहेको शाहका संवाद सचिव फणीराज पाठकले जानकारी दिए ।

 

भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्ने बताइएको छ । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी थिइन् ।

Share: