Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाढीपहिरोबाट काभ्रेमा ७२ जनाको मृत्यु – Lekhanpeeth

बाढीपहिरोबाट काभ्रेमा ७२ जनाको मृत्यु

157
0
Share:

काठमान्डौ/काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या ७२ पुगेको छ । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाको कारण बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ७२ पुगेको जानाकारी दिएको हो ।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहानसम्म ५ जना अझै बेपत्ता रहेका छन् । काभ्रेमा सबैभन्दा बढी पनौती नगरपालिकामा १८ जनाको ज्यान गएको छ भने वेथानचोक गाउँपालिकामा १२ जनाले ज्यान गुमाएका छन् ।

 

यस्तै, पनौती नगरपालिकामा १८, बेथानचोक गाउँपालिकामा १२, तेमाल गाउँपालिकामा १२, मण्डनदेउपुर नगरपालिकामा ७, रोशी गाउँपालिकामा ७, नमोबुद्ध नगरपालिकामा ७, भुम्लु गाउँपालिकामा ३, बनेपा नगरपालिकामा ३ र धुलिखेलमा २ चौरीदेउरालीमा १ जनाले ज्यान गुमाएका छन् । जसमा १४ जना बालबालिका रहेका छन् ।

Share: