नेपालमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुँदै

133
0
Share:

काठमान्डौ/त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म एसियन जनसाङ्ख्यिक सम्मेलन हुने भएको छ ।

 

सो कार्यक्रममा संसारभरिका करिब ५० भन्दा बढी देशका ८ सय प्रतिनिधि सहभागी हुने विभागका प्रमुख प्राडा योगेन्द्र बहादुर गुरुङले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यो सम्मेलन नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै सम्मेलनमा एसियाका विभिन्न देशका जनसङ्ख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर करिब ४ सय भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिए ।

 

विश्वको जनसाङ्ख्यिक परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक, आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसङ्ख्याका अवसर र चुनौतीहरू आदिमा केन्द्रित रहेर कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी रहेको छ । सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने जानकारी दिए ।

Share: