Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
स्याङ्जाबाट पोखरा जाँदै गरेको जिप दुर्घटना, ७ जना घाइते – Lekhanpeeth

स्याङ्जाबाट पोखरा जाँदै गरेको जिप दुर्घटना, ७ जना घाइते

174
0
Share:

काठमान्डौ/स्याङ्जाको आँधीखोलामा जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। आँधीखोला गाउँपालिका-२, बेझाङ, भालेखर्कस्थित भित्री सडकमा सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग१ज ५७५६ नम्बरको बोलेरो जीप दुर्घना भएको हो।

 

जिपको ब्रेक फेल भएर सडकको कुनामा नालीमा पल्टिएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए। जिपमा चालकसहित ८ जना सवार थिए।

 

घाइते हुनेहरूमा आँधीखोला गाउँपालिका ५ का ५० वर्षीय आत्माराम सिग्देल, ४ वर्षकी कलावती घिमिरे, ३२ वर्षकी सिर्जना चापागाई, कास्कीको छोरेपाटन पोखराकी १६ वर्षकी अमना नेपाली, स्याङ्जा अर्जुन चौपारी ५ आरुचौरकी ५ वर्षीय शान्ति कुमारी सापकोटा, ६१ वर्षका शिव सिग्देल र कास्कीको पोखरा महानगरपालिका ११ की मनिषा नेपालीकी ३ वर्षीय छोरी सोफिया नेपाली रहेका छन्। मनीषा भने सकुशल छिन्।

 

 

उनीहरूलाई उपचारका लागि सेतिदोभान स्वास्थ्य चौकीमा पठाइएको पनि प्रहरीले जानकारी दिएको छ।

Share: