Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुर्गा प्रसाईँका समर्थकले आगजनी गर्दा घाइते भएका ट्रक चालकको मृत्यु – Lekhanpeeth

दुर्गा प्रसाईँका समर्थकले आगजनी गर्दा घाइते भएका ट्रक चालकको मृत्यु

182
0
Share:

काठमान्डौ/दुई साताअघि झापामा दुर्गा प्रसाईँ समर्थको आगजनीमा परेका एकजना भारतीय युवकको मृत्यु भएको छ। डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकका चालक छप्रा उत्तर दिनाजपुर घर भएक ४० वर्षीय पदा रायको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

 

मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्द गर्ने भन्दै आन्दोलनमा उत्रिएका उनका समर्थकले यही असोज ७ गते बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगजनी गर्दा उनी गम्भीर घाइते भएका थिए।

 

उनलाई सुरुमा बिर्तामोडकै बीएण्डसी अस्पतालमा उपचार गरेर पछि थप उपचारका लागि नर्थ बंगाल मेडिकल कलेज लगिएको थियो। त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रायका आफन्तले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाका नजिक भारतको पानीटंकीतर्फ शव राखेर प्रदर्शन गरेका थिए। उनीहरूले आधाघण्टासम्म नाकामा अवरोध गरेका झापा प्रहरीले जनाएको छ।

 

पछि नेपाल र भारतीय प्रहरीको समन्वयमा रायको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको थियो। उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

Share: