नेप्सेमा आज ३७ अङ्कको वृद्धि

145
0
Share:

काठमान्डौ/नेप्सेमा आज ३७ अङ्कले बढेको छ । सोमबार नेप्से ३७.१३ अङ्कले बढेर २६९०.७२ विन्दुमा रोकिएको हो । आज ३०५ कम्पनिको कारोबार हुदा एक करोड ५८ लाख ४५ हजार ४४९ कित्ता शेयर ७ अर्ब ९ करोड ५९ लाख ५३ हजार २७ को खरिद बिक्री भएको छ ।

 

नेप्सेका अनुसार आज थ्री स्टार हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यसैगरी आज चन्द्रागिरी हिल्सको सबै भन्दा बढी २६ करोड २३ लाख १७ हजारको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सबै भन्दा बढी ८ लाख ४१ हजार ९५७ कित्ता शेयर कारोबार भएको छ ।

Share: