बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा २५ लाख सहयोग

66
0
Share:

काठमान्डौ/सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।

 

मिति २०८१ आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदान गरेको हो ।

 

सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए।टि।एम। सञ्चालनमा रहेका छन् ।

Share: