Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा आर्थिक सहयोग – Lekhanpeeth

सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघद्वारा आर्थिक सहयोग

192
0
Share:

काठमान्डौ/हालैको बाढीपहिरोबाट पीडित भएकाहरूको सहयोगार्थ कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा आज कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले रु. दुई करोडको चेक हस्तान्तरण गरे ।

 

यसैगरी, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरले रु. पाँच लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे ।

Share: