Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महिला टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए – Lekhanpeeth

महिला टी-२० विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा, भारत र पाकिस्तान बाहिरिए

266
0
Share:

काठमान्डौ/न्युजिल्यान्ड महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्यान्ड सन् २०१६ पछि पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको हो।

 

न्युजिल्यान्डले दिएको १११ रनको लक्ष्य पछ्याएको पाकिस्तान ११.४ ओभरमा ५६ रनमा सीमित भएको हो। पाकिस्तानलाई कम योगफलमा सीमित गर्ने क्रममा एमेली केरेले २.४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए। यसैगरी एडन कारसनले ३ ओभरमा ७ रन खर्चेर दुई विकेट लिए। उनी खेलको उमन अफ द म्याच समेत घोषित भइन्। पाकिस्तानकी फतिमा सानाले २३ बलमा २१ रन बनाइन्।

 

यसैगरी मुनिबा अलीले १५ रन प्रहार गरिन्। यसअघि दुबईको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतीमा ११० रनको योगफल खडा गरेको थियो।

Share: