Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु – Lekhanpeeth

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु

177
0
Share:

काठमान्डौ/डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन्।

 

दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए। दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका-३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो।

 

प्रहरी निरीक्षक बमका अनुसार बसचालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको छ। अन्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

Share: