Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गाजामा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु – Lekhanpeeth

गाजामा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु

231
0
Share:

काठमान्डौ/प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूकाअनुसार गाजापट्टीमा इजरायली आक्रमणमा मङ्गलवार २६ प्यालेस्टाइनीको मृत्यु भएको छ।

 

जबलिया शरणार्थी शिविरको अल–फलुजा क्षेत्र नजिकै इजरायली गोलाबारीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको र दक्षिणी गाजाको खान युनिस शहरको पूर्वमा रहेको एक बसोबास घरलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा पनि १० जना मारिएका छन्।

 

उनीहरूले मध्य गाजाको नुसेरात शिविरमा रहेको घरमा इजरायली बमबारीमा मारिएका थप पाँच जनालाई अल–अक्सा अस्पतालमा सारिएको उल्लेख गरेका छन्। प्यालेस्टिनी सुरक्षा स्रोतहरूकाअनुसार इजरायली ट्याङ्कहरूले जबलिया शरणार्थी शिविरलाई लगातार ११ औं दिनसम्म घेराबन्दी गर्न जारी राखेका छन्। गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४२ हजार ३४४ पुगेको छ।

Share: