Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सर्वोच्चको प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी – Lekhanpeeth

सर्वोच्चको प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध दुईवटा उजुरी

170
0
Share:

काठमान्डौ/सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित नृपध्वज निरौलाविरुद्ध दुईवटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार निर्धारित समयमा दुईवटा उजुरी परेको हो ।

 

सुनुवाइ समितिले यही असोज १५ गते सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्धय निरौला र नित्यानन्द पाण्डेविरुद्ध उजुरी आह्वान गरेको थियो । निर्धारित समयमा निरौलाविरुद्ध मात्रै उजुरी परेको हो । एउटा उजुरी इमेलमार्फत र एउटा उजुरी भौत्तिक रुपमा उपस्थित भएर दिइएको छ । स्रोतका अनुसार निरौलाविरुद्ध सर्वोच्च अदालतको भवन निर्माणसँग सम्बन्धित एउटा उजुरी छ । अर्को उजुरी नियुक्ति प्रक्रियासँग सम्बन्धित छ ।

 

न्यायाधिश नियुक्ति प्रक्रियालाई लिएर नेपाल बार एशोसियसनले विरोध गरेको थियो । संविधान र कानुन अनुसार नियुक्ति नभएको भनेर बारले विरोध जनाएको थियो । त्यसैसँग सम्बन्धित रहेर उजुरी परेको हो ।

Share: