Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध – Lekhanpeeth

बुद्धसिंह मार्ग २० दिनदेखि अवरुद्ध

171
0
Share:

काठमान्डौ/बुद्धसिंह मार्गअन्तर्गत नाल्दीघाट खण्ड २० दिनदेखि अवरुद्ध छ। मार्गका दजैनौँ ठाउँमा पहिरो खसे पनि अधिकांश ठाउँका पहिरो पन्छाइएको थियो । तर नाल्दीघाटको पहिरो अझैसम्म हटाइएको छैन।

 

पहिरोका कारण उक्त सडकको व्यास नगरपालिकास्थित बेलबास, सुँडे, मास्दी, खहरे, नाल्दी, सराङघाट, तल्लो साराङघाट तथा प्यूघरलगायत स्थानमा सडक अवरोध भएको थियो । नाल्दीको पहिरा हटाउन पटकपटक माग गरे पनि सुनुवाइ नभएको बुद्धसिंह मार्ग सरोकार समितिका संयोजक सिद्धान्त थापाको गुनासो छ।

 

नाल्दीको पहिरोका कारण यातायात सञ्चालन नहुँदा बन्दीपुर गाउँपालिका–६, आबुँखैरेनी गाउँपालिका–५, देवघाट गाउँपालिका–३ र ४ का जनता मारमा छन्। पहिरो पन्छाएर यातायात सञ्चालन गराउन बन्दीपुर गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी र पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ध्यानाकर्षण गरे पनि प्रगति नभएको थापा बताउँछन्।

 

गण्डकी प्रदेश सरकारले यस मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ। सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने यो मार्गअन्तर्गत दमौलीबाट सुँढेसम्म कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको छ।

 

दमौलीबाट सुडेसम्म करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ को सडक कालोपत्रका लागि निर्माण अघि बढाइएको छ । पूर्वाधार विकास कार्यालयले मैनाचुली-सफल जेभी काठमाडौँसँग २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो।

 

मूल्य अभिवृद्धि करसहित ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए। उनका अनुसार कालोपत्र २०८२ जेठ ३० गतेसम्ममा सम्पन्न गर्नुपर्ने छ।

Share: