Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विपक्षी दलको बैठक : पूर्वाग्रह राखेर रवि लामिछानेलाई पक्राउ गर्न सक्ने! – Lekhanpeeth

विपक्षी दलको बैठक : पूर्वाग्रह राखेर रवि लामिछानेलाई पक्राउ गर्न सक्ने!

176
0
Share:

काठमान्डौ/ प्रतिपक्षी दलको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ पर्न सक्ने र त्यसको प्रतिवाद गर्ने विषयमा छलफल भएको छ।

 

रास्वपा नेताहरुले राजनीतिक पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको गुनासो गरेका थिए । रास्वपा नेता विराजभक्त श्रेष्ठले राज्यको दूरुपयोग गरेर सभापतिलाई पक्राउ गर्न खोजे प्रतिवाद गर्ने बताए । यद्दपी सहकारी प्रकरणमा सघाउन सभापति तयार नै रहेको बताए ।

 

माओवादी नेता शक्ति बस्नेतले पनि कानूनी प्रक्रियाबाट अघि बढ्न कसैले अवरोध नगर्ने बताए । तर, राजनीतिक आग्रह(पूर्वाग्रका संकेत देखिनु हुँदैन भन्नेमा सचेत रहेको उनको भनाइ छ ।

 

बैठकले सरकारलाई बिभिन्न बिषयमा ध्यानाकर्षण गराउनका लागि कार्यदल समेत गठन गरिएको उनले जानकारी दिए। उनले सवै बिषयमा ध्यानाकर्षण गराउदा पनि बिपक्षी दललाई पेल्ने काम भए बिशेष अधिवेशन आह्वानका लागि अघि बढ्ने उल्लेख गरे।

 

रास्वपा नेता शिशिर खनालले बिपक्षी दलले बनाएको कार्यदलले आगामी कार्तिक ५ गते सरकारको ध्यानाकर्षण गराउने र त्यसपछि बिपक्षी दलबीच समन्वयनको काम गर्ने जानकारी दिए । कार्यदलमा माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र रास्वपाका शिशिर खनाल रहेका छन् ।

Share: