
काठमान्डौ/घरेलु टिम अमेरिकासँगको ट्वान्टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा कुशल भुर्तेलको अर्धशतकमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो । आइतबार बिहान अमेरिकाको ड्यालसमा भएको खेलमा कुशलले ५४ बलमा ६ छक्का र साता चौकासहित ९२ रन बनाएका हुन् ।