Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पोखरामा रवि समर्थक र प्रहरीबीच धकेलाधकेल – Lekhanpeeth

पोखरामा रवि समर्थक र प्रहरीबीच धकेलाधकेल

179
0
Share:

काठमान्डौ/पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र प्रहरीबीच धकेलाधकेल भएको छ। कास्की जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपनि रास्वपाका समर्थकहरूले प्रदर्शन जारी राखेपछि अवस्था तनावग्रस्त बनेको हो।

 

समर्थकहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै धकेलाधकेल गरेका थिए। महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डले निषेधाज्ञा जारी गरेका थिए।

 

तर, प्रदर्शनकारीले निषेधाज्ञा तोडेपछि अवस्था तनावग्रस्त बनेको हो। अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थक र प्रहरीबीच अहिले ठेलमठेलको अवस्था छ। प्रदर्शन भइरहेको ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। शुक्रबार काठमाडौँबाट पक्राउ परेलगत्तै पोखरा पुर्‍याइएका लामिछानेलाई म्याद थप गर्नका लागि प्रहरीले अदालत लगेको हो।

 

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी गरेको, संगठित अपराध र सम्पति शुद्धिकरणसहित तीनवटा मुद्दा उनीविरुद्ध चलाउने प्रहरीको तयारी छ।

Share: