Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्ष यागबिच भेटवार्ता – Lekhanpeeth

अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्ष यागबिच भेटवार्ता

126
0
Share:

काठमान्डौ/अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैङ्क (एडिबी) का उपाध्यक्ष यिगमिन विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा अमेरिका आएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एसियाली विकास बैङ्क (एडिबीए का उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ।

 

भेटका क्रममा उनीहरूबिच उक्त भेटघाटमा एसियाली विकास बैङ्कको वर्तमान पुँजी तथा भविष्यमा नेपालसँग हुनसक्ने सहकार्यबारे छलफल भएको यहाँ स्थित नेपाली राजदूतावासले जनाएको छ । हालैको बाढी पहिरोबाट प्रभावित नेपाललाई बैङ्कले ३० लाख अमेरिकी डलर अनुदान प्रदान गरेकामा उनले आभार व्यक्त गरे । उपाध्यक्ष यागले नयाँ साझेदारी रणनीतिको संरचनागत प्रक्रिया बारेमा मन्त्री पौडेललाई जानकारी दिएको दूतावासले जनाएको छ ।

 

निर्देशक सपुत्राले नेपालको विकास प्रयासमा बैङ्कको सहभागिता अभिवृद्धि गरिने आश्वासन दिएका थिए ।

Share: