सिआईबीबाट फोन गरेको भन्दै धम्की दिने युवक पक्राउ

59
0
Share:

काठमान्डौ/सिआईबीबाट फोन गरेको भन्दै धाक धम्की दिने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ विराटनगर महानगरपालिका-१ ठूलो मिल चोक बस्ने ३० वर्षीय हम कुमार खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुखको ट्रू कलर एपमा नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिहरूलाई सिआईबीबाट फोन गरेको भनि धाक धम्की दिने कार्यमा संलग्न उनलाई उक्त व्यूरोबाट खटिएको प्रहरीले मोरङ बिराटनगर महानगरपालिका-१ ठूलो मिल चोकबाट पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

Tagsarrest
Share: