साफ माहिला च्याम्पियनसिप : नेपाल र भारत १/१ को बराबरीमा खेल्दै

156
0
Share:

काठमाडौं/साफ माहिला च्याम्पियनसिप–२०२४ अन्तर्गत अहिले नेपाल र भारतबीच सेमिफाइनल खेलमा १/१ गोलको बराबरीमा खेलिरहेका छन् ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा केही समय अवरुद्ध भएको खेल सुरु हुनासाथ नेपालकी खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले गोल फर्काएकी छन् । दोस्रो हाफपछि भारतले गोल गरेर टिमलाई अग्रता दिलाएको थियो । लगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि खेल रोकिएको थियो ।

 

दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । निर्धारित ४५ मिनेट तथा अतिरिक्त तीन मिनेटको समयमा पनि नेपाल र भारतले गोल गर्न सकेनन् । पहिलो हाफमा भारतले नेपालमाथि दबाब बनाइराख्दा नेपाल गोल गर्नबाट चुक्यो । नेपाल र भारत दुवैले केही उत्कृष्ट अवसर प्राप्त गरेपनि गोल गर्न भने सकेनन् ।

 

नेपालले समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा भारतसँग खेल्ने तय गरेको हो । भारत समूह ‘ए’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

 

दशरथ रंगशालामा नै आज दिउँसो भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलअन्तरले पराजित गर्दै फाइनलका लागि स्थान बनाएको छ ।

Share: