काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम रहेको हल्ला, विमानमा चढेका यात्रु ओरालियो

100
0
Share:

काठमान्डौ/भारतको दिल्लीबाट काठमाडौं आएको भारतीय निजी विमान कम्पनी एयर इन्डियाको विमानमा बह रहेको हल्ला चलेको छ । सोमबार दिउँसो ३ बजेर १२ त्रिभुवन विमानस्थलमा ल्यान्ड गरेको एयर इन्डिया २१५ कलसाइनको विमानमा बम रहेको सूचना आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।

 

उनले यसअघि पनि दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेकै स्टाइलमा एयर इन्डियाको विमानमा पनि बम रहेको सूचना आएको बताए । भिस्ताराको विमानमा बम रहेको हल्ला भारतबाटै ह्वाट्स एपमा आएको थियो । तर, सो विमानको परीक्षणपछि बम नरहेको पुष्टि भएको थियो ।

 

भारतको दिल्ली फर्किन लागेको विमानमा ४० जना यात्रु चढिसकेपछि बम रहेको सूचना आएको भुलले बताए । सो विमानमार्फत १६९ जना यात्रु दिल्ली जान लागेका थिए । बम रहेको सूचनापछि यात्रुलाई ओरालेर नेपाली सेनाको टोलीले सर्च गरिरहेको छ । विमानमा बम नरहेको पुष्टि भए मात्र नो रिक्स डिक्लियर गरेपछि विमान भारततर्फ प्रस्थान गर्ने उनले बताए ।

Share: