सुनको मूल्यमा नयाँ किर्तिमान

139
0
Share:

काठमान्डौ/आज सुनको मूल्य नयाँ किर्तिमान कायम भएको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो ।

 

यसअघि सोमबार सुन तोलाको एक लाख ६७ हजारमा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २१०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share: