रङ्गशालामा खेल हेर्न जाँदा यी सामान लैजान नपाइने !

83
0
Share:

काठमान्डौ/नेपाल र बङ्गलादेश हुने फाइनल खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलका लागि एन्फाले सुरक्षा व्यवस्था कडा बनाएको हो ।

 

दशरथ रङ्गशालामा आज साँझ साढे ६ बजेदेखि खेल सुरु हुनेछ । खेल हेर्न मैदानमा जाने समर्थकलाई विभिन्न समान लैजान प्रतिबन्ध गरिएको छ । अखिल नेपाल फुटबल सङ्घले रङ्गशालामा जाँदा लैजान नपाइने सामानहरूको सूची समेत सार्वजनिक गरेको हो ।

 

बन्दुक, छुरा तथा अन्य कुनै पनि धारिलो हतियार वा औजार लैजान पाइने छैन । चुरोट, लाइटर, सलाई, मादक वा नशालु पदार्थ पनि लैजान नपाइने एन्फाले जनाएको छ । ठुलो झोला पनि लैजान पाइने छैन । सानो झोला भने सुरक्षा जाँच गरेपछि मात्रै पाइने एन्फाले जनाएको छ ।

 

मोटरसाइकलको हेलमेट, बिना अनुमतिका ब्यानर, झन्डा, पोस्टर, पानी वा अन्य कुनै चिसो पेय पदार्थका बोतल वा क्यान, लेजर लाइट, छाता, लिपिस्टिक, नेलकटर, कैँची, काइँयो लगायत लैजान नपाइने जनाएको छ ।

 

Share: